झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन्।
आइतबार बिहान जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बस चढेका २६ वर्षीय युवक मृत भेटिएका हुन्।
विराटनगर बसपार्कमा कर्मचारीले हेर्दा मृत भेटिएपछि खबर आएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए।
उनका अनुसार युवक मिर्गौला रोगी हुन्। उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए।