घर-जग्गा धितो राखेर ऋण लिन खोज्दै हुनुहुन्छ? यस्तो छ प्रक्रिया

सेतोपाटी

काठमाडाै‌ं

बैंकबाट ऋण लिन अधिकांशले घर वा जग्गा धितो राख्ने गरेका छन्। 

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा लगानीमध्ये ६६.२ प्रतिशत कर्जा घर, जग्गाको धितोमा मात्रै गएको राष्ट्र बैंकको तथ्यांक छ। 

सो अवधिसम्म बैंक तथा वित्तीय संस्थाबाट ३४ खर्ब ४१ अर्ब कर्जा प्रवाह भएकामा २२ खर्ब ७८ अर्ब रूपैयाँ घर-जग्गा धितोमा गएको छ। 

यस्तो कर्जा बर्सेनि बढ्दै गएको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा रियलस्टेट कर्जा ३.८ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ।  

पछिल्लो समय व्यक्तिगत नाममा घर वा जग्गा किन्न ब्याजदर नबढ्नेगरी अर्थात स्थिर दरमा समेत ऋण पाइन्छ। बैंकहरूले किस्ताबन्दीमा चुक्ता गर्नेगरी ४० वर्षसम्मका लागि ऋण दिने गरेका छन्।

घर बनाउन वा किन्न, जग्गा किन्न, जुनसुकै वैधानिक व्यवसाय गर्न, विवाह/ब्रतबन्धजस्ता सामाजिक कार्य गर्न पनि घर-जग्गा धितो राखेर ऋण लिन पाइन्छ।

अहिले पर्याप्त तरलता भएकाले अधिकांश बैंकको आधार दर घट्दै जाँदा ब्याजदर सस्तिएको छ। नबिल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठ अधिकांश ऋणका लागि ग्राहकले घर वा जग्गाको पूर्जा नै धितोस्वरुप राख्ने बताउँछिन्।

प्रकाशित मिति: : 2021-01-07 10:32:00

प्रतिकृया दिनुहोस्