संविधानसभा अध्यक्ष नेम्वाङको अभिव्यक्ति भिडियोमा, ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैनन्, संविधानमा हामीले त्यो व्यवस्था नै राखेनौँ’

दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक दल र नागरिक समाजले विरोध गरिरहेको छ । यही वेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भिडियो चर्चामा आएको छ, जसमा उनले यो संविधानअनुसार प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन हुनै नसक्ने दाबी गरेका छन् ।

जननिर्वाचित संसद्माथि कतैबाट हमला नहोस् भनेर पर्याप्त व्यवस्था गरिएको संविधान निर्माताले बताउँदै आएका छन् । संंविधानसभा अध्यक्षसमेतको यो अभिव्यक्ति आमजनताका लागि मात्र होइन, रिट हेरिरहेको सर्वोच्च न्यायालयलाई पनि सहयोगी हुन सक्छ । 

प्रधानमन्त्री ओलीको कदमलाई राजनीतिक दलले सडकमा र संविधानविद्हरूले न्यायालयमा चुनौती दिइरहेको वेला नेम्वाङको भिडियो चर्चामा आएको हो । यद्यपि, भिडियो १७ महिनाअघिको हो । 

प्रकाशित मिति: : 2021-01-07 10:28:00

प्रतिकृया दिनुहोस्