भीम रावललाई कारबाही गर्न सिफारिस  

नेकपा (ओली)काे सूदुरपश्चिम प्रदेश कमिटीको चौथो विस्तारित बैठकले नेता भीम रावललाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै रावललाई कारबाही गर्न सिफारिस गरेको हाे।

यस्तै बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ।

 बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्ध ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।


 

प्रकाशित मिति: : 2021-01-06 22:08:00

प्रतिकृया दिनुहोस्