बायोएनटेककाे दोस्रो चरणकाे खाेप तीन हप्ताभन्दा बढी ढिलो गरी लगाउन नहुने

photo: (Amanda Andrade-Rhoades/Getty Images)
photo: (Amanda Andrade-Rhoades/Getty Images)

जर्मन कम्पनी बायोएनटेकले कोराेना भाइरसविरुद्धको दोस्रो चरणकाे खाेप तीन हप्ताभन्दा बढी ढिलो गरी लगाउन नहुने बताएकाे छ। 

सुरक्षा र प्रभावकारितालाई समर्थन गर्ने कुनै तथ्याङ्क नरहेको भन्दै कम्पनीले तालिका अनुसार नै खोप दिन प्रयोगकर्ता देशहरूलाई सजग गराएको हो।

केही देशहरूले खोप पहिलो चरणमा धेरै व्यक्तिलाई दिने र दोस्रो चरणलाई केही ढिला गर्न थालेका छन्। 

खोज ताथ अनुसन्धानले बायोएनटेक र फाइजरको सहकार्यमा बनेको यो खाेपको सीमित आपूर्तिको सामना गर्दै डेनमार्कमा कम्तीमा छ हप्ताको फरक पारेर लगाइने छ। 

त्यसैगरी बेलायतले पहिलो मात्रा दिइएको १२ हप्तासम्म कुर्नेछ। जर्मनीले पनि दोस्रो मात्रा दिने समयलाई २१ दिनको सट्टा केही दिन पछाडि धकेल्दै छ।

तर कम्पनीले खोपको प्रभावकारितालाई हेरेर तोकिएको समयमा नै दुबै मात्रा दिन आग्रह गरेको छ।

कम्पनीले भनेको छ, ‘खोपको सुरक्षा र प्रभावकारितालाई खोपको फरक मात्रा तालिकासँग अनुसन्धान भएको छैन। पहिलो मात्राले खोप लगाएको १२ दिनपछि आंशिक सुरक्षा पाइन्छ तर २१ दिन पछि पहिलो मात्राले सुरक्षाको प्रत्याभूत गर्ने कुनै आधार छैन।’

 

परीक्षण क्रममा फाइजर र बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको भन्दै प्रयोगका लागि अनुमति मागेको थियो। यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाे छ।

बायोएनटेकको खोप २१ दिनको फरकमा दुई मात्रा दिएमा काेराेना भाइरसविरुद्धको अभियान ९५ प्रतिशत प्रभावकारी हुने क्लिनिकल अनुसन्धानले पुष्टि गरेको चिकित्सकहरुकाे दावी छ।

उनीहरूले यो अभ्यासले पहिलो खोप लिनका लागि धेरै व्यक्तिलाई अवसर मिल्ने बताएका छन्। ‘वैकल्पिक खोप मात्रा दिने निर्णय स्वास्थ्य अधिकारीलाई रहेको छ। खोपको दोस्रो मात्रा दिइँदा मात्र कुनै पनि व्यक्तिलाई रोगसँग प्रतिरोध गर्ने अत्यधिक सम्भावना रहन्छ,’ बायोएनटेकले भनेको छ।

प्रकाशित मिति: : 2021-01-06 08:47:00

प्रतिकृया दिनुहोस्