बेलायतमा सर्वसाधारणलाई पनि खोप लगाउन सुरु, ८२ वर्षका ब्रायन पहिलो 

बेलायतमा सर्वसाधारणलाई पहिलो पल्ट कोरोनाको खोप लगाउने कार्य सुरु भएको छ।

सर्वप्रथम स्वास्थ्यकर्मी र वृद्धवृद्धाबाट एक महिनादेखि खोप लगाउने कार्यको सुरुवात गरेको बेलायतमा सर्वसाधारणलाई पहिलो पल्ट खोप लगाइएको हो।

अक्सफोर्डको एक अस्पतालमा ८२ वर्षीय ब्रायन पिङ्करलाई कोरोनाको पहिलो डोज उपलब्ध गराइएको थियो।

ब्रायन डायलसिसको बिरामी पनि हुन्। 

बेलायतले एस्ट्रेजेनेका–अक्सफोर्डले तयार पारेको भ्याक्सिन कोभीशिल्ड सर्वसाधारणलाई उपलब्ध गराएको हो।

प्रकाशित मिति: : 2021-01-05 07:18:00

प्रतिकृया दिनुहोस्