एकैदिन अस्ताए हलिउडका प्रख्यात दुई हस्ती

हलिउड सिनेमाका प्रख्यात दुई हस्तीहरुले आइतबार अन्तिम सास लिएका छन्।

प्रतिष्ठित गायक गेरी मार्सडनको बेलायतको मार्मी साइडमा ७८ वर्षको उमेरमा निधन भएको छ। 

मार्सडनलाई लिभरपुल फुटबल क्लबको एन्थम ‘यु विल नेबर वाक अलन’को लागि सम्झना गरिन्छ। 

गेरी एन्ड द पेस मेकर्स नामको ब्याण्डका प्रमुख गायक मार्सडन गीतकार र अभिनेता पनि थिए। ‘हाउ यु डु यु डु इट’ र ‘आइ एम द वन’ जस्ता चर्चित गीतका गायक मार्सडन केही टेलिभिजन कार्यक्रमहरुमा पनि अभिनय गरेका थिए। 

त्यसैगरी सुपर हिट सिनेमा चार्लिज एन्जल्सकी नायिका तान्या रोबर्ट्सको पनि ६५ वर्षको उमेरमा लस एन्जल्स, अमेरिकामा निधन भएको छ।

‘भिक्टोरिया सेक्रेट’ नामको महिलाहरुको भित्रि बस्त्रको मोड्लिङ्ग गरेर पनि चर्चामा आएकी नायिका रोबर्ट्सले अभिनय गरेका केही सिनेमाहरुमा जुमा बीच, अलमोस्ट प्रेग्नेण्ट, क्यालिफोर्निया ड्रिमिङ्ग, हट लाइन, डिप डाउन आदि छन्।

प्रकाशित मिति: : 2021-01-04 19:02:00

प्रतिकृया दिनुहोस्