बेलायतमा ‘सेनेटरी प्याड’ मा कर नलाग्ने

बेलायत सरकारले महिलाको मासिक श्रावका लागि प्रयोग हुने प्याडलाई महिलाको हकसँग जोड्दै यसमा लाग्ने करलाई २०२१ को जनवरीदेखि नै समाप्त भएको घोषणा गरेको छ। 

बेलायत सरकारको यो निर्णयपछि बेलायतमा बसोबास गर्ने महिलाहरूले निकै कम मूल्यमा प्याड प्राप्त गर्नेछन्। यसअघि सरकारले टेम्पोन ट्याक्सको रूपमा यस्ता उत्पादनमा कर लगाउँदै आएको थियो। बेलायतमा ५ प्रतिशतसम्म यस्ता सामाग्रीमा भ्याट लाग्ने गर्दथ्यो। 

सरकारले कोरोना संक्रमणलाई ध्यानमा दिँदै यो निर्णय गरेको बताएको छ। उसले कोरोना महामारी पूर्ण रूपमा नियन्त्रणमा नआउँदासम्म कर नलाग्ने बताएको छ। 

बेलायतको ट्रेजरीको एउटा अनुमानलाई पत्याउने हो भने, सरकारको पछिल्लो निर्णयले औसत एक महिलाले आफ्नो जीवनभरि करिब ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने छिन्। सरकारले यसअघि सेनेटरी प्याडलाई लक्जरी वस्तु मान्दै आएको थियो।

प्रकाशित मिति: : 2021-01-04 17:06:00

प्रतिकृया दिनुहोस्