सुनको मूल्य स्थिर

बिएल संवाददाता

काठमाडाै‌ं

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।

आज छापावाला सुनको मूल्य तोलामा ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ थियो।

यता तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ। आज तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-01-03 11:43:00

प्रतिकृया दिनुहोस्