सडक संघर्ष छोडेर निर्वाचनमा केन्द्रित हुनुस्: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सडक संघर्ष छोडेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले अहिले पनि नेकपा पार्टी फुट नभएको बताउँदै सडक आन्दोलन छोडेर आउँदो बैशाखमा हुने निर्वाचनमा केन्द्रित भएर प्रचार प्रसारमा लाग्न पाटी नेता तथा कार्यकर्तालाई अनुरोध गरेका हुन्। 

‘अहिले पनि नेकपा पाटी फुटेको छैन। संसद पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलन छोडेर आउँदो बैशाखमा हुने निर्वाचनमा केन्द्रित भएर प्रचार प्रसारमा लाग्न आग्रह गर्दछु,’ उनले भने। 

उनले दुई तिहाई मत प्राप्त प्रधानमन्त्रीलाई चौरतर्फी घेरा हालेर काम गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशको लागी जनतामा गएको दावी गरे।

‘दुई तिहाईको सरकार हटाएर पुनर्गठबन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्वन्द्वमा फस्ने भएकोले ताजा जनादेशको लागि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नुपरेको हो,’ उनले भने। 

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, माधवकुमार नेपालप्रति लक्षित गर्दै नेता ज्ञवालीले सडकमा गएहरुलाई बाह्य शक्तिको हस्तक्षेपको आव्हान गरिरहेको बताए। 

ज्ञवालीले तिक्ततापुर्ण भारत सम्बन्ध अहिले समधुर हुँदै गएको, भारतीय परियोजनाहरु पुन संचालनमा आएको, सीमा समस्या पनि वार्ताबाटै समाधान हुने नेता ज्ञवालीले बताए। 

प्रकाशित मिति: : 2021-01-02 13:18:00

प्रतिकृया दिनुहोस्