मन्त्री रहुँला नरहुँला अब गीत गाइरहन्छु...

आयोमेल

काठमाडौँ

अनिता श्रेष्ठ

४ घण्टा ५ मिनेट २० सेकेन्ड लगातार गीत गाएर विश्वकीर्तिमान राखेका छन् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले।  

राज्यमन्त्री मानन्धरले यति लामो समय राखेको कीर्तिमान ‘वर्ल्ड बुक अफ रेकर्डस्’ बेलायतमा ‘बहालवाला मन्त्रीको सोलो कन्सर्ट’ मा लेखिएको छ। 

संगीतप्रतिको लगाव र दिनरातको मेहेनतका कारण नै आज विश्वकीर्तिमा कायम गर्न सकेको उनी बताउँछन्। 

जाँनिदो वा नजानिँदो पारामा मानन्धरले अचानक वर्ल्ड बुक अफ रेकर्ड इन्टरनेटमा खोज गर्न पुगे। त्यहीँबाट उनले थाहा पाए बहालवाला मन्त्रीहरूका लागि छुट्टयाइएको सुनौलो विधा। 

सरकारमा रहेका मन्त्रीहरूले राखेको कीर्तिमानलाई वर्ल्ड बुकमा लेखाउन छुट्टै विधा राखिएको थियो। यही विधालाई आफ्नो सोख पूरा गर्ने मार्ग बनाए मानन्धरले। 

गायन क्षेत्रमा हालसम्म कुनै देशका मन्त्रीले कीर्तिमान बनाएका छैनन्। 

नेपाली तथा नेपाल भाषाका गरी ५९ वटा गीत गाएर विश्वकै पहिलो मन्त्री बनेका छन् राज्यमन्त्री मानन्धर।  

बेलायतबाट सञ्चालित वल्ड रेर्कडस्मा आफ्नो सहभागिताका लागि फारम भरेको २० दिन नबित्दै उनले गीत गाएका हुन्। 

मानन्धर न त व्यावसायिक गायक हुन् न कुनै प्रतियोगितमा भाग लिएका वा एल्बम नै निकालेका छन्। उनको परिवारमा कोही पनि गायक छैनन्। 

प्रकाशित मिति: : 2020-12-31 11:58:00

प्रतिकृया दिनुहोस्