क्रोएसियाको मध्यक्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा सात जनाकाे मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

क्रोएसियाको मध्यक्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा सातजनाको ज्यान गएको छ। 

बुधवार बिहान गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर उनीहरुकाे मृत्यु भएकाे हाे।

१२ वर्षकी बालिकाको पेट्रिन्जा क्षेत्रमा मृत्यु भएको हो। नजिकै रहेको ग्लिना बजारमा अरु पाँचजनाको ज्यान गएको पुष्टि भएको छ।

जाजिना क्षेत्रमा रहेको चर्चको भग्नावशेषमा अर्को एकजनाको शव भेटिएको त्यहँँका सरकारी सञ्चारमाध्यमले जनाएकाे छ।

भूकम्पका कारण पेट्रिन्जा नगरको झण्डै आधा भाग ध्वस्त भएको बताइएकाे छ। भग्नावशेषबाट मानिसहरुलाई उद्धार गरिएको छ र सो क्रम जारी रहेको संञ्चारमाध्यमहरुले जनाएकाे छ।

भूकम्पकाे धक्का छिमेकी देश बोजनिया, सर्बिया तथा इटालीसम्म महसुस भएको थियो।

प्रकाशित मिति: : 2020-12-30 07:54:00

प्रतिकृया दिनुहोस्