अशान्त हुन थाले सडक, दुःख भने जनताकै पोल्टोमा

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

स्थान– रत्नपार्क पुल, मिति– पुष १४ गते, समय– दिउँसो १ बजे। 

दरबारमार्गको बाटो हुँदै एक मोटरसाइकल रत्नपार्कतिर आउँछ। रत्नपार्क पुलमुनि उभिएका ट्राफिक प्रहरीले उनको सवारी रोक्छ। उनी जानुपर्ने भृकुटीमण्डपतिर, तर ट्राफिक प्रहरीले दरबारमार्गतिरै फर्काउँछन्।

ट्राफिक प्रहरी  सर, तपाईँ योभन्दा अगाडि जान पाउनुहुन्न। बागबजार वा जमलतिर जानुहोस्। 

मोटरसाइकल चालक – म त शहीद गेटतिर जानुपर्ने, (अलि आक्रोशित हुँदै) अनि पूर्व जानेलाई पश्चिम पठाएर हुन्छ। 

ट्राफिक प्रहरी – त्यतातिर जुलुश छ। तपाईँ जान पाउनुहुन्न। अलि पर गएर फेरी यतै फर्किनुपर्छ। तपाईँलाई नै समस्या नहोस् भनेर त्यतातिर नजानुहोस् भनेको। 

मोटरसाइकल चालक – सर! मेरो २ बजेदेखि परीक्षा छ, जान दिनुस् न। 

ट्राफिक प्रहरी – सर, पूरै सडक जुलुसले भरिएको छ। तपाईँ कसरी जानुहुन्छ? अब हिँडेरै भए पनि परीक्षा दिन त जानुपर्‍यो। 

प्रकाशित मिति: : 2020-12-29 19:30:00

प्रतिकृया दिनुहोस्