‘राजाको शासन त टिकेन, तपाईंको कहाँ टिक्छ र ओली कमरेड?’ (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड) नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सामन्ती शासक भएको आरोप लगाएकी छिन्। 

काठमाडौंमा मंगलबार संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै शाक्यले जनताको अधिकार खोस्ने शासक बनेको बताएकी हुन्।

नेतृ शाक्यले भनिन्, ‘केपी ओली आज कामरेड बन्नुभएन, सामन्ती शासक बन्नुभयो। जनताको अधिकार खोस्ने शासक बन्नुभयो। जनताको शक्तिको अगाडि राजसंस्था त टिकेन भने तपाईंको कहाँ टिक्छ र? ’

उनले प्रधानमन्त्री ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको पनि बताइन्।

‘ओली नेतृत्वको सरकारले सुशासन, महिला सुरक्षा लगायतका कुरामा चुक्यो। नेकपाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्रमा जनताले सुख पाउने अपेक्षालाई उपेक्षामा परिरण गरे,’ उनले भने। 

मुलुकमा भ्रष्टाचार, अनियमितता बढेको र सुशासन तथा सुरक्षा व्यवस्था हुन नसकेको भन्दै उनले असन्तुष्टि पोखिन्।
 

प्रकाशित मिति: : 2020-12-29 14:58:00

प्रतिकृया दिनुहोस्