मोरङको पथरीशनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ।
दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका ४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।
दुर्घटनामा परेर चालक लिम्बूको घटनास्थलमै ज्यान गएको हो । गम्भीर घाइते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको एसपी शर्माले बताए ।