गण्डकी प्रदेशसभाको विशेष अधिवेशन पुस २१ देखि सुरु हुने भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन डाकेका हुन् ।
संविधानको धारा १८३ को उपधारा ३ बमोजिम पोखरा सभागृहमा अधिवेशन हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।