नमस्कार !
म रामनारायण यादव
माइतीघर मण्डलाबाट
पोहोर साल ३३ औं पटक आएको थिए
हजुरको आगनमा
हजुरलाई देख्नसम्म पाइएन
यसपाला नजिकैबाट हजुरलाई देख्न पाइयो
हजुरलाई देखेर म धन्र भए
यो देखादेख मेरा लागि
वर्षौ देखि मनमा गुम्सिएका पीडाहरु ओकल्ने
शुअवसर हो
यो देखादेख फेरि होला नहोला
म पीडाहरु ओकलि हाल्छु है त कामरेड
कामरेड,
हजुरले भने जस्तो रहेनछ हाम्रो जिन्दगी
हजुरले भनेजस्तो उषाले नछोड्दो रहेछ लाली पुर्वबाट
नउदाउँदो रहेछ गरिबको जिन्दगीमा सुर्यौदय
नहट्दो रैछ अन्धकार बादलको
कामरेड,
यो जिन्दगी त हजुरको मात्र रहेछ
हामी औजारहरु मात्र रहेछौं हजुरका
किन चटक्क भुलिदिनु हुन्छ हजुरले?
हामीले खेतमा फलाएको सुन
हजुरकै लागि हो ।
हामीले बारिमा फलाएको चिनी
हजुरकै लागि हो ।
आफ्नो छाती भुइँमा टेकाएर
अग्लो बनाएको उचाई पनि
हजुरकै लागि हो।
कामरेड
परार साल पनि आएका थियौं हजुरको आगनमा
बाढीले बगाएको हाम्रो
सपनाको अस्तिपन्जर बोकेर
कत्रो विधि संघर्ष गर्दा पनि
हजुरसँग भेट भएको थिएन ।
यसपाली ठूलो भाग्य बोकेर
आएका रहेछौं
माइतीघर मण्डलामा हजुरसँग भेट भयो
हजुरलाई भेटेर म धन्न भए !
यो ऐतिहासिक भेटमा बन्धक लालपुर्जाको
एक कपि हजुरलाई
उपहार दिन मन लागेको छ
कृपया स्वीकारी बक्सियोस !
यसरी भेटघाट फेरि होला नहोला
कामरेड सुनिहाल्नु होस् अन्तिम आवाज
मेरो विचारमा यो आवाज
रस चुसेर हाम्रै
नजिकैका डस्बिनहरुमा मिल्याईएका
केहि थान निमुनियाले ग्रस्त
जिन्दगीको हुनु पर्छ
कमरेड सुन्रुहोस्, ध्यान दिएर सुन्रुहोस्
उनीहरु केही भनिरहेका छन्
"कामरेड!
एकपटक चस्मा खोलेर हेर्नुस् त,
हामी यता छौं ।"
गज्जप लाग्यो मीत दाइ हजुर❤️