भविष्य डिजिटल बैंकिङमै, ठूलो लगानी हुँदैछ

आयोमेल

काठमाडौँ

सुनिल केसीले बैंकिङ क्षेत्रमा तीन दशक बिताइसकेका छन्। चार वर्षदेखि निजी क्षेत्रको प्रमुख वाणिज्य बैंकमध्ये एक एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हालेर बसेका केसीले यो अवस्थासम्म आइपुग्न धेरै आरोह-अवरोह पार गरेको अनुभव सँगालेका छन्।

सन् १९९० मा एक विदेशी बैंकमा सहायक स्तरको कर्मचारीबाट बैंकिङ करियर सुरु गरेका उनी अझै पनि बैंकिङबारे सिकिरहेको बताउँछन्। यहाँसम्म आइपुग्नुमा आफ्नो मिहिनेत, सहकर्मीहरूको सहयोग र सहकार्य तथा लगानीकर्ताको विश्वासलाई उनी जस दिन्छन्। उनै केसीसँग एनएमबीका योजना, लक्ष्य, चुनौतिका साथै समग्र बैंकिङ क्षेत्रको उतारचढावबारे आयोमेलकर्मी  सुशील भट्टराईले गरेको कुराकानी:

यो वर्षसमेत गरी एनएमबीले तेस्रोपटक बेलायतमा दिइने ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ। अवार्ड 'ह्याट्रिक' मा तपाईंको अनुभूति के कस्तो छ? 
पछिल्लो चार वर्षमा तीनपटक बैंक अफ द इयर भएका छौं जसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पारेको छ। बैंकिङ क्षेत्रमा सबैले आ-आफ्नै किसिमले योगदान दिइरहेका छौं, छन् पनि। तर, एनएमबी बैंक नै किन? भन्दा हामी मूलधारका बैंकभन्दा फरक ढंगले काम गरिरहेका छौं। एनएमबी कमर्सियल बैंक भएको १२ वर्ष भइसकेको छ। यसले पनि बैंकिङ क्षेत्रलाई स्थापित गर्न सहयोग गरेको छ।

प्रकाशित मिति: : 2020-12-27 18:51:00

प्रतिकृया दिनुहोस्