नवनियुक्त खानेपानीमन्त्रीले गरे ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर

बिएल संवाददाता

काठमाडाै‌ं

नवनियुक्त खानेपानीमन्त्री मणिचन्द्र थापाले ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

आइतबार पहिलो पटक मन्त्री बनेर सिंहदरबारमा प्रवेश गरेका थापाले जिम्मेवारी सम्हाल्दै थापाले उक्त कुरा जानकारी दिएका हुन्। 

उनले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए। 

उनले स्थिरता र समृद्धिको बाहेकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए। 
 

प्रकाशित मिति: : 2020-12-27 14:44:00

प्रतिकृया दिनुहोस्