मोबाइलमा तल्लिन बालबच्चालाई कसरी पाठ्यपुस्तकमा अभ्यस्त गराउने ?

अनलाइनखबर

काठमाडौँ

अहिलेका बच्चाहरु ‘ग्याजेट्स’मा लिप्त हुन थालेका छन् । उनीहरु पाठ्यपुस्तकमा भन्दा मोवाइल, ल्यापटप, ट्याबमा समय विताउन थालेका छन् । यसमा उनीहरु भिडियो हेर्छन्, गेम खेल्छन् । यसरी डिटिजल डिभाइसमा अभ्यस्त हुँदै गएका विद्यार्थीमा ध्यान केन्द्रित गर्ने क्षमता कमजोर हुँदैछ । उनीहरुलाई कक्षाकोठामा राखेर पाठ्यपुस्तक पढाउन लेखाउन चुनौतीपूर्ण हुन थालेको छ । जेनेरेशन जेड (१० देखि २४ बर्ष) र जेनेरेशन अल्फा (९ बर्षभन्दा कम उमेरका) बच्चा यस्तो दुनियामा पैदा भएका छन्, जहाँ स्मार्टफोनले उनीहरुको दिशा तय गरिरहेको छ ।

अहिलेका बालबालिका स्मार्टफोन एप्स र स्ट्रीमिङ प्लेटफर्मबाट आइरहेको उत्तेजनाको लतमा यसरी फसेका छन् कि, उनीहरुको ध्यान कक्षाकोठाबाट भंग भएको छ । यसले शिक्षकमाथि ठूलो चुनौती थपिएको छ । विद्यार्थीलाई प्रविधिका साथसाथै पारम्परिक शिक्षा कसरी दिने ?

कृपया ध्यान दिनुहोस्

बच्चाको मस्तिष्कको विकास एक जटिल विषय हो । पछिल्लो केही बर्षमा विश्वभरका शोधकर्ताले एकाग्रतामाथि स्मार्टफोन र मिडया मल्टी–टक्सिङको दुष्प्रभावमाथि चिन्ता व्यक्त गरेका छन् ।

‘रेजिंग जेनेरेशन टेक’का लेखक डाक्टर जिम टेलर भन्छन्, ‘यसको स्पष्ट प्रमाण के भने, प्रविधि, सोशल मिडिया, इन्टरनेसम्म तुरुन्त पहुँच र स्मार्टफोनले बच्चालाई हानी गरिरहेको छ ।’

उनको प्रमाण पूर्ण रुपमा प्रमाणित भएको छैन, उनको विरुद्ध तर्क पेश गर्न सकिन्छ ।

टेलर भन्छन्, ‘हामीले बच्चाको सोच्ने र उनको मस्तिष्क विकासको तरिकालाई मौलिक रुपमा बदल्दैछौं ।’

फिलाडेल्फियामा सातौं र अठारौं क्लास (१२ देखि १४ बर्ष)का बच्चालाई पढाउने लारा शाद भन्छन् कि, औसत किशोर लगभग २८ सेकेन्डसम्म ध्यान केन्द्रित गर्न सक्छन् ।

प्रकाशित मिति: : 2020-12-25 15:09:00

प्रतिकृया दिनुहोस्