फ्रान्सेली राष्ट्रपति म्याक्रोँ कोरोना लक्षणमुक्त

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ कोरोना लक्षणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको एक हप्तापछि उनीमा कोरोनाको कुनै लक्षण नदेखिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

अघिल्ला दिनमा ४३ बर्षीय राष्ट्रपति म्याक्रोँको अवस्था स्थीर भएपनि बुधबारदेखि भने धेरै सुधार भएको पाइएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बस्दै आएका थिए। उनीले सेल्फ आइसोलेसनस्थलबाटै कार्यालयका कामहरु पनि गर्दै आएको अधिकारीहरुले बताएका छन् ।

सुरुदेखि नै गम्भीर समस्या नदेखिएकाले क्वारेन्टिनमा बस्न आवश्यक नभएकाले उनी घरमै सेल्फ आइसोलेसनमा बसेकाे जनाइएको छ ।

‘राष्ट्रपति म्याक्रोँलाई अहिले कुनै लक्षण देखिएको छैन,’ राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

सङ्क्रमित भएपनि उनीले कामलाई निरन्तरता दिएको र मुलुकको महत्वपूर्ण कार्यहरूमा कुनै असर नगरेको अधिकारीहरुको भनाइ छ ।
 
 

प्रकाशित मिति: : 2020-12-24 21:16:00

प्रतिकृया दिनुहोस्