ढुङ्गाले लागेर बालकको मृत्यु

बिएल संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व)
Breaknlinks
Breaknlinks

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकामा ढुङ्गा लागेर एक महिनाको शिशुको मृत्यु भएको छ ।

वडा नं २  गैँडाखोला जमुनेबाँधस्थित शोभा परियारको घडेरी खनेर मिलाउने क्रममा ढुङ्गा लाग्दा आज एक महिनाका शिशु रेमन परियारको मृत्यु भएको हो । 

लु १ क ४२२३ नम्बरको स्कालोडरले खन्दै गर्दा अचानक ५० मिटर तल रहेको पहलसिंह परियारको घरमा लागेर कोठा भत्कन जाँदा घरभित्र शिशुलाई तेल घसिरहेको अवस्थामा ढुङ्गा लाग्दा मृत्यु भएको हो । मृतककी आमा २२ वर्षकी ज्योती परियार घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-12-24 20:05:00

प्रतिकृया दिनुहोस्