बेलायतमा नयाँ प्रकारकाे कोरोना देखिएपछि विश्वभर चिन्ता, डब्लूएचओ भन्छ: डराउनु पर्दैन

बिएल संवाददाता

काठमाडाै‌ं
Photo: (REUTERS/Toby Melville)
Photo: (REUTERS/Toby Melville)

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अहिले विश्वभर चिन्ता बढेको छ।

 तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको प्रजाति देखिएपछि ४० भन्दा बढी देशले बेलायत आवतजावतमा रोक लगाइसकेका छन्।

डेनमार्कमा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वीडेनले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ। नयाँ प्रजातिको कोरोना भाइरस अति संक्रामक देखिए पनि सो घातक रहेको भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन।

यसबीच युरोपेली संघ एक साझा नीति बनाउन छलफल गरिरहेको छ।

तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने नयाँ रूपमा देखिएको कोरोना भाइरसबाट डराउनुनपर्ने बताएको छ।

डब्लूएचओका आपतकालीन प्रमुख माइक रायनले भने, ‘महामारी फैलिने क्रममा भाइरसको नयाँ रूप देखिनु सामान्य कुरा हो, जुन नियन्त्रण बाहिर छैन।’

तर आइतबार बिहान बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले भाइरसको नयाँ स्वरूप नियन्त्रण बाहिर गएको बताएका थिए।

प्रकाशित मिति: : 2020-12-22 09:36:00

प्रतिकृया दिनुहोस्