प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् ।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै उनले सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको उनले बताए।
‘जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प भएन । जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको हाे’, ओलीले भने ।