प्रधानमन्त्रीको सिफारिश स्वीकार्न राष्ट्रपति बाध्य हुने छैनन्: देउवा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार्न राष्ट्रपति बाध्य नहुने प्रतिक्रिया दिएका छन्।

उनले अधिनायकवादउन्मुख उक्त कदमप्रति गम्भीर असहमति रहेको उल्लेख गर्दै ‘संविधान विपरीतको सिफारिश स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न’ भनी जनाएका हुन्।

सभापति देउवाले उक्त कदमको राजनीतिक प्रतिवादन गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने बनाएका छन्।

यसका साथै सरकारको उक्त कदमको कांग्रेसले सशक्त प्रतिकार गर्ने पनि उनले उल्लेख गरेका छन्। 

कांग्रेसले छलफल पछि थप रणनीति बनाउने उनले बताएका छन्।

प्रकाशित मिति: : 2020-12-20 13:10:00

प्रतिकृया दिनुहोस्