संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न भ्याएन’

बिएल संवाददाता

काठमाडाै‌ं

 सर्वोच्च अदालतमा दायर भएका संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने भएको छ ।

अदालतमा दायर भएको रिटको पेसी शुक्रबारका लागि तोकिए पनि नहुने भएको हाे।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा ती दुबै रिट रहेका छन्। तर आज उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ मा राखिएको छ। 

उनीहरुले प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रिपरिषद्, राष्ट्रपतिको कार्यालयसहित ९ जनाविरुद्ध रिट हालेका हुन्। रिटमा संवैधानिक परिषद्का अध्यक्ष, संवैधानिक परिषद्को सचिवालय, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेतालाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: : 2020-12-18 14:11:00

प्रतिकृया दिनुहोस्