दुई हजार २ सय लिटर घरेलु मदिरा नष्ट

संकेतिक तस्वीर
संकेतिक तस्वीर

आन्तरिक राजस्व कार्यालय बाराले विभिन्न ठाउँमा अवैधरुपमा सञ्चालमा रहेका घरेलु मदिरा भट्टीबाट दुई हजार २ सय लिटर मदिरा नष्ट गरेको छ l 

जीतपुरसिमरा उपमहानगर अन्तर्गत सिमरा–पथलैया जीतपुर क्षेत्रबाट ईलाका प्रहरी कार्यालय, सिमराको सकृयतामा उक्त घरेलु मदिरा नियन्त्रणमा लिएर पथलैया निजगढ सडक खण्डको जङ्गलमा नष्ट गरेको हो ।

विभिन्न स्थानबाट नियन्त्रणमा लिएको घरेलु मदिरा आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारी, कर अधिकृत सन्दीप कुमार मण्डल, नायवसुब्बा केशव ढुङगेल, ईलाका प्रहरी कार्यालय सिमरा बाराका ब्रिजेश प्रसाद यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिब, लगायतको उपस्तिथमा नष्ट गरिएको हो ।

प्रकाशित मिति: : 2020-12-17 12:48:00

प्रतिकृया दिनुहोस्