नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
५ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। आज काठमाडौं उपत्यकामा थप ३९१ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना कोरोना संक्रमित थपिएका हुन्।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ।
हाल संक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ।
यस्तै देशभर २८९ जनाको आइसीयु र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
बुधबार ८४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको छ।
हाल देशभर ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन् भने ४ सय ५२ जना क्वारेन्टाइनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।