सीमा नाका खुलाउनु पर्ने माग गर्दै आज (बुधबार) सर्लाही जिल्ला बन्द गरिएको छ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार सर्लाही जिल्ला पूर्ण रुपले बन्द गरिएको सर्वपक्षिय संघर्ष समिति सर्लाहीका संयोजक मेथुर चौघरीले जानकारी दिए।
बन्दको समयावधि भर जिल्लाभरीका सम्पूर्ण हाटबजार, पसल, प्रतिष्ठान, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र यातायात बन्द रहने उनले बताए।
आज बिहानैदेखि पसलहरु बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पनि चलेका छैनन् ।
संघर्ष समितिले यसअघि मंसिर २९ गते साँझ मसाल जुलुस निकाली हिजो ३० गते सदरमुकाम मलंगवा बजार बन्द गरेका थिए ।
विगत ९ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका तुरुन्त खोल्नुपर्ने माग सहित सर्वपक्षिय संघर्ष समिति सर्लाहीले लगातार धर्नामा बस्दै आएका छन् ।
माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने समितिले जानाएको छ ।