तलब भत्ता नपाउदा प्रादेशिक अस्पताल जनकपुरका कर्मचारी आन्दाेलित

बिएल संवाददाता

काठमाडाै‌ं

प्रदेश २ को प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारी तलब भत्ता नपाउदा आन्दोलित भएका छन।

कोरोना कालमा तलब भत्ता नपाउदा प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत ५० चिकित्सक, नर्स र अन्य काम गर्नेलेसमेत ६ महिनासम्मको तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रेको बताएका छन्। 

कोभिड १९ को बेला आइसोलेशन वार्डमा अहोरात्र काम गरेको उनीहरूले तलब भत्ता नपाएपछि आन्दोलन गर्नु परेको बताएका छन्। 

आन्दोलनरत कर्मचारीहरूले हिजो पनि कार्यालयमा दुई घण्टा तालाबन्दी गरेका थिए। त्यसपछि नेतृत्वले माग छिटै पूरा गर्ने आश्वाशन दिएको थियो।
 

प्रकाशित मिति: : 2020-12-15 17:16:00

प्रतिकृया दिनुहोस्