ऋतिक र कंगनाको ४ वर्ष पुरानो झगडा अब क्राइम ब्रान्चमा

बलिउडको सबैभन्दा बदनाम झगडाको रूपमा रहेको कंगना रनौट र ऋतिक रोशनबीचको ४ वर्ष लामो विवाद अब मुम्बईको क्राइम ब्रान्चले हेर्ने भएको छ। 

यो मुद्धा साइबर सेलसँग थियो। अब यो क्राइम इन्टेलिजेन्स युनिटलाई सुम्पिएको छ। 

सन् २०१६ मा ऋतिकले कंगनाको ईमेल अकाउन्टबाट एक सयभन्दा बढी इमेल प्राप्त भएको भन्दै उनीबिरूद्ध मुद्धा दायर गरेका थिए। 

ऋतिकको मुद्धामा २०१३–१४ भित्र कंगनाले सय वटा इमेल पठाएको दावी गरेका छन्। 

इन्डिया टुडेको समाचारअनुसार वरिष्ठ वकिल महेश जेठमलानीले मुम्बई प्रहरी प्रमुखलाई पत्र लेखेर यो मुद्धामा कुनै काम नभएको हुनाले सीबीआईलाई सुम्पिन आग्रह गरेका थिए। 

ऋतिकले आफ्नो श्रीमतीसँग पारपाचुके गरेपछि उनी कंगनासँग लिभिङमा थिए। उनीहरूले काइट्स र कृष–३ मा पनि काम गरेका थिए। 

तरपछि सम्बन्ध बिग्रिएपछि एकअर्काबीच हिलो छाप्ने कार्य सुरु भएको थियो। ऋतिकको दावीलाई कंगनाले अस्विकार गर्दै आइरहेकी छिन्। 

यसैबीच लेखक तथा कवि जावेद अख्तरले कंगनालाई ऋतिकसँग माफी माग्न दबाब दिएका थिए। 

कंगनाले सार्वजनिक रूपमै करन जौहर, जावेद अख्तर र महेश भट्ट जस्ता हस्तीलाई बलिउडको सुसाइड ग्याङको उपमा दिँदै आइरहेकी छिन्।

प्रकाशित मिति: : 2020-12-15 13:55:00

प्रतिकृया दिनुहोस्