बेलायतमा खोप सुरु भएपनि हरेक दिन १८ हजार संक्रमित

Photo: [Henry Nicholls/Reuters]
Photo: [Henry Nicholls/Reuters]

बेलायतमा गत सातादेखि कोरोनाबिरूद्ध खोप अभियान सुरु भएपनि संक्रमितको संख्यामा कुनै कमि आएको छैन। 

हालै २४ घण्टाको रिपोर्टअनुसार बेलायतमा १८ हजार ४ सय ४७ जना संक्रमित भएका छन्, जसमा १ सय ४४ जनाको निधन भएको छ।

बेलायतमा संक्रमितको संख्या पनि १८ लाख नाघेको छ। यहाँ अहिलेसम्म ६४ हजार मानिसको निधन भइसकेको छ। 

देशको केही क्षेत्रमा कोरोनाको नयाँ संक्रमित फेला परेका छन्।

 नेशनल हेल्थ सर्भिस (एनएचसी) का प्रमुखले प्रधानमन्त्री बोरिस जोन्सनलाई एउटा चिट्ठी लेख्दै २३–२७ डिसेम्बरसम्म क्रिसमसको छुट्टिमा लकडाउनलाई कडाईंका साथ लागु गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2020-12-15 08:23:00

प्रतिकृया दिनुहोस्