भूमिगत तार व्यवस्थापन : उपत्यकाको सकेर भरतपुर र पोखरामा काम थालिने

थाहा खबर

काठमाडौँ

श्याम राई

नेपाल विद्युत प्राधिकरणले पोल गाडेर टाँगेको तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न २०७४ सालमा प्रकृया अघि बढायो। त्यसको एक वर्षपछि २०१९ मार्चमा प्राधिकरण र भारतीय निर्माण कम्पनी एइआई इन्डस्ट्रिजबीच रत्नपार्क र महाराजगञ्ज क्षेत्रमा सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने गरी ठेक्का सम्झौता भयो।

तर, समयमै तार व्यवस्थापनको काम हुन सकेन। पछि २०७६, फाल्गुन ५ गते पहिलो चरणमा रन्तपार्क र महाराजगञ्जको विद्युत् वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्ने काम भयो। त्यसबेला महाराजगञ्‍ज क्षेत्रमा विद्युतीय तारलाई भूमिगत बनाउने काम प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेका थिए।

तर, त्यस क्षेत्रको काम अहिले रोकिएको छ। सम्झौताअनुसार महाराजगञ्ज क्षेत्रको २ सय १० किलोमिटर लम्बाइमा ४ सय भोल्टको तार र ११ केभीको १ सय ५५ किलोमिटर तार भूमिगत गर्नुपर्नेछ। 

प्रकाशित मिति: : 2020-12-15 07:41:00

प्रतिकृया दिनुहोस्