राष्ट्रिय गौरवका राजमार्ग : हल्ला चर्को, काम सुस्त

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

कञ्चनपुरमा अघिल्लो हप्तादेखि सडकको ठेक्का लिएर काम नगर्ने कम्पनीका मालिकको फोटो सार्वजनिक स्थलमा टाँस्ने अभियान चलेको छ । फोटोमाथि लेखिएको छ– ठेकदार हराएको सूचना ।

हुलाकी राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्डको काम ३ वर्षभित्र सक्ने ठेक्का २०७३ सालमा लिएर अलपत्र छोडेपछि स्थानीयले विरोध गरेका हुन् । कञ्चनपुरमा हुलाकी सडकका तीनवटै खण्डमा कामको गति निराशाजनक छ ।

बेलौरी–बेलडाँडी खण्डमा एकवर्षदेखि काम रोकिएको छ । ठेकेदार कम्पनी बाबा–हंश सिद्धिसाई जेभी विभिन्न बहाना गरेर फिल्डमा गएकै छैन ।

डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म र बेलडाँडीदेखि दैजीसम्मको सडक निर्माणको ठेक्का म्याद चौथो पटक थपिँदैछ । ३५ करोड र ४० करोडमा ठेक्का लागेका दुई खण्डमा अहिले माटो भर्ने काम चलिरहेको छ । जबकी, यो सडक नै २०७६ असारमा तयार भइसक्नु पर्ने हो ।

‘मधेसको लाइफलाइन’ भनेर प्रचार गरिएको हुलाकी राजमार्ग सरकारी बेवास्ताको शिकार बनेको बेलौरीका वासिन्दा रोहन भट्ट बताउँछन् । ‘ठेक्का लगाएर मात्रै हुँदैन, ठेकेदारबाट काम पनि लिनुपर्छ,’ उनी भन्छन्, ‘अबको चुनावमा फेरि यही सडक कालोपत्रे गर्छु भनेर भोट माग्न आए भने जनताले लखेट्छन् भन्ने नेताले बुझुन् ।’

 

प्रकाशित मिति: : 2020-12-14 20:27:00

प्रतिकृया दिनुहोस्