पोखरा अमिलताराको जमिनमा धाँजा फाट्यो, चार घर विस्थापित

युवराज श्रेष्ठ

अमिलताराकी सुनिता परियारको मन अहिलेजस्तो अमिलो कहिल्यै भएको थिएन। उनका श्रीमान पाँच वर्षअघि जण्डिस भएर उपचार गर्दागर्दै बिते।

श्रीमानको उपचार गर्दा लागेको ऋण तिर्न उनले बस्दै आएको घर ३५ लाख रूपैयाँ बेचे। ऋण तिरेर जोगिएको करिब १५ लाख रुपैयाँले अमिलतारामा सानो टुक्रा जमिन किने र घर बनाए।

अहिले उनका छारा अञ्जित बिरामी छन्। उनको छातीको नसा फुटेको छ। उनलाई मंसिर ९ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियू भर्ना गरियो। झण्डै एक साता उपचारपछि उनी अहिले वार्डमा सारिएका छन्।

अस्पतालले अञ्जनको शल्यक्रिया गरेर डिस्चार्ज गरेको थियो। तर, परिवारसँग बसेको भोलिपल्टै पुरानै समस्या बल्झिएपछि अहिले उनी अस्पतालमा छन्।

प्रकाशित मिति: : 2020-12-14 20:19:00

प्रतिकृया दिनुहोस्