माइनस ५१ डिग्रीमा पनि खुल्ने विश्वको नमुना स्कुल

रमेशराज वास्तोला

लिज्बन (पोर्चुगल)

नेपाललगायत विश्वका थुप्रै यस्ता देश छन्, जहाँ जाडोयाम सुरु हुनेवित्तिकै छुट्टि दिने चलन छ। अझ, नेपालमा त जाडो र गर्मी विदा भनेर वर्षको दुई पल्ट लामो विदा हुन्छ। 

तर, रुसमा एउटा यस्तो ठाउँ छ, जहाँको मौसम माइनस ५१ डिग्री हुँदा पनि स्कुल बन्द हुदैन। विद्यार्थी पनि मज्जाले पढ्न घरबाट बाहिर निस्किन्छन्। 

यो ठाउँ हो, साइबेरिया ओमाइकन। जहाँको मौसम ५१ डिग्री माइन्स हुँदा पनि स्कुल बन्द हुदैन। 

चिसोको कारण शरीर नै हल्लाउन नसकिने अवस्थामा पनि यहाँ कक्षामा उपस्थित हुन साना–साना केटाकेटी कक्षामा पुग्ने गरेका छन्। यहाँ ११ वर्षभन्दा तलका छात्रछात्राका लागि त्यतिबेला स्कुल बन्द हुन्छ, जब तापक्रम माइन्स ५२ डिग्रीमा पुग्छ। 

No description available.

ओमाइकनमा भएको सरकारी स्कुल ८३ वर्ष पुरानो हो। यो स्कुल १९३२ मा कम्युनिस्ट नेता स्टालिनको समयमा बनेको हो। 

यहाँ खारा तुमुल र बेरेङ युर्डे गाउँका केटाकेटी पढ्न जान्छन्। ओमाइकनको कूल जनसंख्या २५ सय छ। यहाँ पोस्ट अफिस र बैंक पनि भेटिन्छ। 

रुसको निकै दुर्गम र चुनौतीपूर्ण मानिने यो क्षेत्रमा यतिबेला कोरोना महामारीको खतरा बढेको छ। चिसोमा पनि यहाँ स्कुल खुला गर्ने अभियानको थालनी स्थानीय प्रशासनले गरेको छ। 

विद्यार्थी तथा उनीहरूका आफन्तले स्कुलभित्र प्रवेश गर्न पहिले आफ्नो शरीरको तापक्रम अनिवार्य चेकअप गर्नुपर्ने नियम राखिएको छ। 

कुनै विद्यार्थी तथा स्टाफको स्वास्थ्यमा समस्या देखिएको खण्डमा कोभिड परीक्षण गराउने सुविधा पनि स्कुलले उपलब्ध गराएको छ। 

No description available.

स्थानीय एक फोटोग्राफर सेम्योनले हालै दिएको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘८ डिसेम्बरमा यहाँ फोटो सुट गर्न आउँदा तापक्रम माइन्स ५० डिग्री थियो। मैले हातममा ग्लोब्स लगाएको थिए। यदी मैले ग्लोब्स नलगाएको भए मेरो औला पुरै जाम हुनेथियो र मलाई फोस्टबाइटिङको समस्या हुनसक्थ्यो।’

उनको भनाईले पनि यो थाहा पाउन कठिन छैन, बच्चाहरू कति ठूलो चुनौती बोकेर स्कुल जाने गर्छन। उनीहरू कहिले काहिँ आफ्नो अभिभावक, नभए कुकुरसँग स्कुल जाने गर्छन। 

माइन्स ५० डिग्री तापक्रममा मानिसलाई हाइपोर्मिया हुने खतरा उत्तिकै रहन्छ। यसको अर्थ शरीरभित्रको तापक्रम जतिबेला पनि घट्न सक्छ। यसले उच्च रक्तचाप, मुटुको ढुकढुकी छिटो हुने जस्तो समस्या हुनेगर्छ।

प्रकाशित मिति: : 2020-12-14 11:25:00

प्रतिकृया दिनुहोस्