कमल हासनको प्रधानमन्त्री मोदीलाई प्रश्नः नयाँ संसद भवन किन बनाउन लागेको?

अभिनेताबाट नेता बनेका तमिल स्टार कमल हासनले केन्द्र सरकारमाथि कडा टिप्पणी गरेका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँ दिल्लीमा नयाँ संसद भवन निर्माणका लागि भूूमिपुजा गरेको दोस्रो दिन कमलले प्रश्न उठाएका हुन्।

 उनले कोरोनाले देश आक्रान्त भएको बेला संसद भवनको शिलान्यास गर्नुको तात्पर्य आफूले थाहा नपाएको बताएका छन्। 

उनले सोसल मिडियाबाट सरकारलाई सोधेका छन्, ‘कोरोनाका कारण आधा देश भोक र बेरोजगारीमा भएको बेला हजार करोडको नयाँ संसद भवन के का लागि?’ चीनले ग्रेटवालको निर्माण गर्दा हजारौं मानिसको ज्यान गएको स्मरण गराउँदै उनले भनेका छन्, ‘त्यतिबेला चिनियाँ शाषकले जनताको सुरक्षाको लागि जरुरी भएको बताएका थिए। तर, हजार करोड रुपैयाँ खर्चेर संसद भवन बनाउँदा कसको रक्षा हुन्छ? निर्वाचित सम्माननीय प्रधानमन्त्रीलाई जवाफका लागि आग्रह छ।’

कमल हासन हिन्दी फिल्मका लागि पनि ठूलो नाम हो। उनी निर्माता–निर्देशक मात्र नभएर लेखक पनि हुन्। 

उनले २०१८ मा आफ्नो छुुट्टै पार्टी मक्कल नीधि मय्यम निर्माण गरेका थिए। २०१९ को लोकसभा चुनावमा उनको पार्टीले एउटा पनि सिट जितेको थिएन। तर, उनलाई ४ प्रतिशत भोट प्राप्त भएको थियो। 

हासन अहिले २०१२ को विधानसभा चुनावमा बढी केन्द्रित छन्। छिट्टै उनी मदुरईबाट आफ्नो चुनावी अभियान सुरु गर्ने तयारीमा छन्। प्रधानमन्त्री मादीले १० डिसेम्बरमा संसदको नयाँ भवनको शिलान्यास गरेका थिए। 

८ सय ८८ राज्यसभा सांसदको लागि ३ सय २६ भन्दा बढी सिट हुनेछ। हलमा कूल १२ सय २४ जना बस्न मिल्ने छ। अहिलेको संसद भवन १९२१ मा निर्माण भएको हो। नयाँ भवन २०२२ मा पुरा हुनेछ।

प्रकाशित मिति: : 2020-12-13 17:29:00

प्रतिकृया दिनुहोस्