पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा ५ हजार १८१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ।
हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन् भने ५ सय १६ जना क्वारेन्टानमा छन्।
त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।