प्रेमीको यादमा अझै दुःखी हुँदै सञ्जय दत्तकी छोरी

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिसाला दत्तको प्रेमीको गत वर्षको जुलाईमा निधन भएको थियो। तर, प्रेमीको सम्झनामा अहिले पनि उनी उत्तिकै भावुक बनेकी छिन्। भर्खरै त्रिसालाले आफ्नो प्रेमीको पुरानो फोटो पोस्ट गरेकी छिन्। 

उनले सोसल मिडियामा आफ्नो प्रेमीलाई बिर्सन नसकेको भन्दै आफ्नो भावना यसरी पोखेकी छिन्, ‘म अझै उनको सम्झना गरिरहेको छु। मैले यो चोटबाट बाहिर निस्किन धेरै प्रयास गरे। कोभिडका कारण मलाई सहयोग र समर्थन गर्ने समूहसँग भेट्न पाएको छैन। सबै भर्चुअल भएको छ। म आफ्नो थेरापी पनि भर्चुअल नै गर्छु।सोसल डिस्टेन्सिङका कारण बढी समय परिवार र नजिकका साथीसँग मात्र बिताइरहेको छु।’

त्रिसाला प्रेमीको निधनपछि लामो समय सोसल मिडियाबाट टाढा बसेकी थिइन। त्रिसाला सञ्जय दत्तको पहिलो श्रीमतीको छोरी हुन्। उनी लामो समय आमासँगै अमेरिकामा बसोबास गर्थिन। तर, आमाको निधनपछि उनी बुवासँग नजिक भएकी हुन्।

प्रकाशित मिति: : 2020-12-13 16:07:00

प्रतिकृया दिनुहोस्