सिरहामा एकदर्जन भन्दा बढी स्वास्थ्य संस्था अवैधरुपमा संचालित

प्रदेश २ को सिरहामा करिव एक दर्जन स्वास्थ्य संस्था अवैधरुपमा संचालन भइरहेको पाइएको छ। 

 जिल्लाको गोलबजार नगरपालिकाको स्वास्थ्य साखाले हालै गरेको अनुगमनको क्रममा एक दर्जनभन्दा बढी स्वास्थ्य संस्था अवैधरुपमा संचालनमा रहेको पाइएको हो।

स्वास्थ्य शाखाका सहसंयोजक पावन पञ्जियारका अनुसार अनुगमनका क्रममा १० वटा निजी स्वास्थ्य संस्था बिनादर्ता सञ्चालनमा रहेको र आठवटा नवीकरण नगरिएको पाइएको छ ।

गोलबजार–२ स्थित सत्यम् हेल्थ केयर तथा डाइग्नोष्टिक सेन्टर, माँ धमिनी डेन्टल क्लिनिक, हरि केयर क्लिनिकलगायतका स्वास्थ्य संस्था बिनादर्ता अवैधरूपमा सञ्चालनमा रहेको पञ्जियारले बताए।

यता भूमिजा हस्पिटल, अजय कम्युनिटी डेन्टल अस्पताल प्रालि, एकता स्मृति पोलिक्लिनिक, सौरभ एण्ड कृष पोलिक्लिनिक, बेबी ल्याव, सगरमाथा मोडेल हस्पिटल प्रालिलगायतका स्वास्थ्य संस्था नवीकरणको प्रक्रियामा रहेको छ । 

अनुगमनका क्रममा अवैधरूपमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको समेत पञ्जियारले बताए।
 

प्रकाशित मिति: : 2020-12-13 12:23:00

प्रतिकृया दिनुहोस्