महानगर डोजर चलाएझैं गर्छ, संरचना थपिँदै जान्छ !

अमृत सुवेदी

२० पुस २०७४ मा डोजरसहित पोखराको खपौंदीमा जनप्रतिनिधि, प्रशासन र सुरक्षाकर्मीसहित महानगरको टोली पुग्यो । फेवाताल किनार खपौंदी, गैराको चौतारामा मापदण्डविपरीतका निर्माणाधीन अस्थायी संरचना महानगरले भत्कायो । निर्माणस्थलबाट निर्माण सामाग्री महानगरले जफत गर्‍यो ।

स्थानीय तहको निर्वाचन भएर पोखरा महानगरपालिकामा जनप्रतिनिधि आएको वर्षदिन पनि पुगेको थिएन । तालको मापदण्ड मिचेर बनेका केही अस्थायी संरचना भत्काएपछि मेयर मानबहादुर जिसीले चेतावनी दिए, ‘कसैले मापदण्ड मिचेर संरचना बनाउँछु र कमाउँछु भन्ने नसोचे हुन्छ । हिजोको जस्तो चल्दैन, महानगरमा जनप्रतिनिधि आइसके अब कसैको अवैध धन्दा चल्दैन ।’

फेवा किनारमा निर्माणाधीन संरचनामा डोजर चलाएपछि मेयर जिसी चर्चामा आए । सञ्चारमा माध्यममा छाएका जिसीले घोषणा नै गरेका थिए, ‘हिजो कसरी संरचना बने त्यसको पनि निर्णय होला तर अब आइन्दा कुनै पनि अवैध संरचना बन्ने छैनन् ।’

महानगरले अस्थायी संरचना भत्काएको भनिएको क्षेत्रमा फेरि संरचना बन्न थाले । फेवा तालको पानीमै पिल्लर ठड्याएर थुप्रै संरचना बने तर मेयर जिसीले भनेझैं न त्यसपछि निर्माण रोकियो न मापदण्डविपरीतका संरचना भत्किए । त्यसयतामात्रै फेवा किनारमा १०/१५ वटाभन्दा बढी रेस्टुरेन्ट र अस्थायी संरचना निर्माण भइसकेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति: : 2020-12-13 11:06:00

प्रतिकृया दिनुहोस्