२०७६ जेठ ८ गते बिहान ३ वजे नापी विभागका दुई कर्मचारी खिमलाल गौतम र रविन कार्की सगरमाथाको चुचुरोमा पुगे। ४२ दिनअघि सगरमाथाको उचाइ नाप्ने जिम्मेवारीसहित त्यसतर्फ लागेका उनीहरूका लागि ऐतिहासिक दिन थियो। दुई वटा मेसिन बोकेर चुचुरामा पुगेका उनीहरू त्यहाँ १ घण्टा १६ मिनेटसम्म बसे। एउटा मेसिन (जिएनएसएस)ले उचाइ मापन गथ्र्यो भने अर्को मेसिनले हिउँको अवस्था जानकारी गराउँथ्यो। गौतम र कार्की चुचुरोमा पुग्दा तापक्रम माइनस ४३ डिग्री सेल्सिएस थियो। तरप नि उनीहरूले त्यही मेसिनको सहयोगमा सगरमाथाको नयाँ उचाइ मापनको काम सके। उनीहरूलाई त्यहाँ छिरिङ जाम्बु शेर्पाले गाइड गरिरहेका थिए। चुचुरोबाट फर्कदा कार्की र गौतमले एउटा ठूलो अवरोधको सामान गर्नुपर्यो।
कार्कीले बोकेको सिलिण्डको अक्सिजको लेबल सिद्धिन थाल्यो। उनलाई लाग्यो अब म एक घण्टापछि मर्छु।’ उनको दुईवटै आँखाले काम छाडे। ‘त्यतिखेर ब्ल्याक एण्ड ह्वाइट मात्र देख्न थाले। अब म मर्छु भन्ने मलाई लाग्यो,’ कार्कीले भने, ‘त्यसको आधा घण्टापछि म बेहोस भए छु।’ कार्की बहोस भएपछि अर्को साथीले उनलाई हतारहतारमा अक्सिजन दिए र अक्सिज लगाएपछि कार्कीको होस खुल्यो।
यस्तै अवरोध गौतमले पनि व्यहोरे। उनको खुट्टाको बुढी औंलाको माथिल्लो भाग हिँउले खायो। बेस क्याम्पमा सुरजसिंह भण्डारी र युवराज धिताल बसेका थिए। विभागसँग भण्डारी र धितालले कनेक्सन गरिरहेका थिए। कार्कीले भने, ‘जतिसुकै अवरोध आए पनि यो राष्ट्रिय गौरवको योजना हो। यो योजना सफल बनाउनुपर्छ भन्ने हामीलाई लाग्यो। त्यसैले हामीले यस्तो जोखिम उठायौं।’