वीरगञ्जमा ५५ काे स्वाब परीक्षण, थप १४ जनामा कोरोना संक्रमण

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण देखिएकाे छ। 

पर्साका विभिन्न स्थनबाट संकलन गरिएको ५५ जनाको थ्रोट स्वाबको नमूनाको परीक्षण गर्दा ५ जना महिलासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

थपिएका संक्रमितमध्ये बाराका १ जना र पर्साका १३ जना रहेका छन्। 

उनीहरु ६ वर्षदेखि ७१ वर्ष उमेर समूहका रहेका छन्। वीरगञ्ज आर्मी ब्यारेकका १ जनामा पनि संक्रमण देखिएको छ। 

त्यसैगरी वीरगञ्ज महानगरपालिका ५ मा ३ जना, वडा न. ६ मा १ जना, वडा न. १३ मा २ जना, वडा न.३ मा १ जना, वडा न. १५ मा २ जना रहेका छन्। यस्तै जिराभवानी गाउँपालिका वडा न. ३ मा २ जना र जिराभवानी गाउँपालिकाको महादेवपट्टीमा १ जना संक्रमित थपिएका छन्। 

उता बाराको जितपूर सिमरा उपमहानगरपालिका वडा न. २ का १ जना महिला पनि संक्रमित भएको नारायणी अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चिकित्सक डा. अतूलेश कूमार चौरसियाले जानकारी दिए। थपिएका संक्रमितहरुको सिटि भ्याल’ २० देखी ३६ सम्म रहेको डा. चौरसियाले  बताए।

प्रकाशित मिति: : 2020-12-11 14:41:00

प्रतिकृया दिनुहोस्