जापानको टोकियोमा पहिलो पटक एकैदिन छ सय संक्रमित

Photo: Riyaz ul Khaliq/aa.com
Photo: Riyaz ul Khaliq/aa.com

जापानको राजधानी टोकियोमा बिहीबार पहिलो पटक एकैदिन कोरोना भाइरसबाट छ सयभन्दा बढी सङ्क्रमित भएका छन्।

टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरी भने दुई हजार ८१० जना सङ्क्रमित भएका छन्।

जापानमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४६५ जनाको मृत्यु भएको छ।

दैनिक सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गरेका छन्।

‘अवस्था अझै सामान्य भएको छैन, बरु थप गम्भीर भएको छ, यसलाई हेलचक्रयाई नगरौँ,’ टोकियोका गभर्नर यूरीको कोइकेले भने।

उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे।

प्रकाशित मिति: : 2020-12-11 07:48:00

प्रतिकृया दिनुहोस्