‘जन्मसिद्ध’ को लफडा : आफ्नै देशमा कहिलेसम्म ‘अनागरिक’ भइरहने?

आयोमेल

काठमाडौँ

अनिता श्रेष्ठ  

आमाबुवामात्र होइन, उनको पुस्ता नै नेपाली माटोमा बित्यो। तर, आफ्नै देशमा ‘अनागरिक’ भएर बस्नुको पीडा इन्द्रजीत साफीले जस्तै देशका धेरै नागरिकले भोगिरहेका छन्।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका-३, भरतपुर घर भएका उनका आमाबुवाको नेपाली नागरिकता छ। तर, उनी र उनका भाइबहिनीले भने नागरिकता पाउन सकेका छैनन्।

कारण ‘जन्मसिद्ध’मा कुरा अड्किएको छ। 

इन्द्रजीतकी आमासँग वंशजमा आधारित नागरिकता छ भने बुवासँग जन्मको आधारमा। 

...
नागरिकता नभएकै कारण उनले धेरै सास्ती खेप्नुपरेको छ। यतिसम्मकी उनले पढ्न पनि पाएका छैनन्। 

कक्षा १० सकेर पढाईलाई अघि बढाउन इन्द्रजीत काठमाडाैं आए। १२ कक्षा सकेर सिभिल इन्जिनियर पढ्न विभिन्न कलेज धाए। उनलाई सरकारी क्याम्पसमा पढ्ने रहर थियो तर, नागरिकता नभएका कारण उनी कलेजमा भर्ना हुन पाएनन्। 

नागरिकताका लागि दौडधुप गर्दा न त नागरिकता बन्यो न त कलेज भर्ना नै भए। त्यसपछि उनी विवश भएर भारत पसे।

कर्नल इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट कुन्जपुरा हरियाणामा उनले सिभिल इन्जिनियरिङको कोर्ष गरे। 

प्रकाशित मिति: : 2020-12-10 20:28:00

प्रतिकृया दिनुहोस्