चरेशसहित दुई जना पक्राउ

लागूऔषध चरेशसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

५ किलो चरेशसहित पर्साको पर्सागढी नगरपालिका ९ हरियरपूर बस्ने ३७ वर्षीय भीमप्रसाद यादव र सोही ठाउँ बस्ने २२ वर्षीय घनश्याम यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटेको प्रहरीको टोलीले जिल्लाको सखुवापरसौनी गाउँपालिका ९ हरियापूर सडकखण्डमा चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन्।

दुबैजनाले  चरेश लिएर चलाउदै आएको बीआर २२ एपी ८८२३ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुबैजनालाई प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको ।

प्रकाशित मिति: : 2020-12-10 14:21:00

प्रतिकृया दिनुहोस्