महोत्तरीमा स्कुल बसबाट खसेर विद्यार्थीको घटनास्थलमै मृत्यु

महोत्तरीमा बुधबार एक स्कुलको बसबाट खसेर एकजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इंंङ्गलिस बोर्डिङ् स्कुलको कक्षा ६ मा अध्यायनरत १४ वर्षीय छात्र मोदसी शेक रहेका छन्। 

विद्यालयमा छुट्टी भइसकेपछि रामगोपालपुर नगरपालिकादेखि गोठ बनौलितिर लिएर जाने क्रममा पुलभन्दा पछाडी सडकमा बा ३ ख २३९७ नम्बरको उनी खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

बसको मुख्य ढोका खुल्लै रहेको र मृतक विद्यार्थी ढोका नजिक उभिरहेकोले चालक ब्रेक लगाउदा बसबाट खसेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाको प्रकृति हेर्दा बसबाट खस्दा बसको पछाडीको चक्का शरिरमा चढेको र उनको मृत्यु भएको देखिएको छ। 

विद्यार्थीको मृत्युपछि चालक भागिरहेको अवस्थामा बाटोमा हिँडिरहेको बटुवाहरुको सहयोगमा समातेर इलाका प्रहरी कार्यालय रामगोपालपुरको जिम्मा लगाएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-09 20:24:00

प्रतिकृया दिनुहोस्