कास्कीको पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो।
गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका १४ का ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ः२५ बजे र पोखरा १५ का ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ः२० बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।
७४ वर्षीय पुरूषमा मंसिर १७ र ६७ वर्षीय पुरूषमा मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै पोखरा महानगरपालिका १६ की ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको हाे।
उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ।