कलंकी–नागढुंगा सडक : हराभरा हुनुपर्ने ठाउँमा फोहोरको थुप्रो (भिडियो)

अनलाइनखबर

काठमाडौँ

रवीन्द्र घिमिरे

माइतीघर–तीनकुने नमूना सडक जस्तै बनाउने योजनासहित विस्तार भएको हो, कलंकी–नागढुंगा सडक ।

राजधानी काठमाडौंको मुख्य नाका जोड्ने यो सडकको हरियालीयुक्त आकर्षक डिजाइन (पुरानो ग्राफिक फोटो छ) सार्वजनिक गर्दा धेरैले सरकारको प्रशंसा गरेका थिए । तर, देखाइएका ग्राफिक र यथार्थ चित्रबीच ठूलो फरक छ ।

अहिले यो खण्ड भएर यात्रा गर्ने जोसुकैलाई सडकको अवस्था देखेर लाज लाग्छ । लक्ष्यभन्दा करिब ३ वर्ष ढिला गरी बनेको यो सडक तयार भएको घोषणा भइनसक्दै भत्किन थालेको थियो ।

ठेकेदार शैलुङ कन्स्ट्रक्सनले निर्माण ‘सम्पन्न भयो’ भनेपनि सडक विभागलाई हस्तान्तरण हुन बाँकी छ । टालटुल पारेर चलाइँदै गरेको यो सडकको विभिन्न खण्डमा विरुवा रोप्न बीचमा बनाइएको डिभाइडर (मेडियन) को हालत झन् खराब छ ।

प्रकाशित मिति: : 2020-12-08 19:53:00

प्रतिकृया दिनुहोस्