पर्सामा ७८ लाख लागतमा बन्दै पहिलाे काेभिड अस्पताल

पर्साको पहिलो कोभिड अस्पतालको शिलान्यास गरिएको छ। 

छिपहरमाई गाउँपालिका ५ भिस्वामा सोमबार अस्पतालको शिलान्यास गरिएको हो। 

पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्णले विधिवत् रुपमा पुजापाठ गरि अस्पतालको शिलान्यास गरेका हुन्।

कोभिड अस्पतालको लागत ७८ लाख रहेको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बिएल नेपाली सेवालाई बताए। 

‘अस्पताल भवन निर्माण असाढ मसान्त भित्र समपन हुन्छ,’ गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले भने, ‘स्थापना भएपछि यी क्षेत्रका जनताहरुलाई उपचारको लागि भारत गइरहनुपर्ने छैन।’

प्रकाशित मिति: : 2020-12-07 17:19:00

प्रतिकृया दिनुहोस्